पाथिभरा देवीको मन्दिर
पाथिभर देवीको मन्दिर ताप्लेजुङ जिल्ल्ााको सदरमुकाम फूङलीङ बजारबाट करिव १२ कोष पर्ूव उत्तर पर्दछ । यो मन्दिर १२,४४६ फीटको उचाईमा पाथिभरा पहाडको टुप्पोमा अवस्थित छ ।
उत्पत्ति:
किम्वदन्दी एवं जनश्रुती अनुसार परापर्ूव कालमा गोठालाहरु पाथिभरा क्षेत्रमा भेडी गोठ राख्ने गर्दथे । जुन एक दिन एकाएक भेडाहरु अलप भए । आफ्ना भेडाहरु हराएपछि निराश भएका गोठालालाई राती देवीले दर्शन दिई आफ्नो आकृति र उत्पत्तिको आत्मवोध गराउँदै भेडा बलि सहित पुजा गर्न भन्नुभयो । गोठालाहरुले देवीको उत्पत्ति स्थलमा पूजा आजा सहित भेडाको वली दिए पछि हराएका भेडाहरु देखा परे । त्यसैले भेेडा वली दिएर गोठालाहरुले पत्तो लगाएको स्थान नै पाथिभरा देवी हुन् ।
पुग्ने समय र बाटो:
पाथिभरा मन्दिर जानको लागि र्सवप्रथम फूङलिङ बजार पुग्नर्ुपर्छ । फूङलीङ सम्म जानको लागि सडक तथा हवाई सुविधा छ । विराटनगर काठमाण्डाँै बाट सुकेटार सम्म हवाई सुविधा छ । सडक यातायात बाट जाँदा चारआली इलाम फिदिम हुदै २ दिनमा पुगिन्छ । अर्को बाटो धरान, धनकुटा, बसन्तपुर हुँदै २ दिनको पैदल यात्रामा फूङलिङ पुग्न सकिन्छ । फूङलिङ बाट सुकेटार देउराली छातेढुङ्गा, भालुखोप, फेदी हुदै १२ कोषको यात्रा पुरा गरेपछि लगभग ७ घण्टामा मन्दिर क्षेत्रमा पुग्न सकिन्छ ।
भ्रमण गर्ने उपयुक्त समय :
फागनु चैत्र, बैशाख तथा असोज कार्तिक मंसिर उपयुक्त समय हो भने अन्य समयलाई सामान्य रुपमा लिइन्छ । पाथिभरा मन्दिर १२४४६ फीटको उचाईमा रहेको र निकै जाडो हुने हुँदा न्यानो कपडा र गरम पेय तथा खाद्य पदार्थ र ज्क्ष्न्ज् ब्तिष्तगमभ क्ष्अपलभकक का औषधीहरु साथमा लिएर जानु उपयुक्त हुन्छ ।
खाने बस्ने व्यवस्था:
खाने बस्ने व्यवस्थाकोलागि फूङलिङ र सुकेटारमा होटल, लजको व्यवस्था छ भने देउराली र फेदीमा चिया, नास्ता, खाना र सुत्नको लागि सामान्य व्यवस्था भएका होटलहरु छन् । पाथिभरा क्षेत्र विकास समितिको धमृशालामा सुत्नको लागि व्यवस्था मिलाएको छ ।
विशेषता एवं आकर्षा :
पाथिभरा मन्दिर क्षेत्रको आकर्षा निम्नानुसार छ ।
- पंक्षिहरु ः डाँफे, कालीज, चिलिमे, प्यूरा, हरियो लामपुछ्रे, फोक्रास आदि ।
- दर्ुलभ बन्यजन्तु ः लेकाली कालो भालु, हिम चितुवा, हाव्रे, रातो पाण्डा आदि ।
- बनस्पती ः धुपी, गोव्रे सल्ला, अंगेरी आदि ।
- बनस्पती फूल ः सुनपाती -रातो, पहेलो र नीलो ) चिमाल, २०/२५ प्रथातिका लाली गुराँस
- जडीबुटी ः चिराइतो, कुड्की, सुगन्धवाला आदि ।
संरक्षण कार्य :
यस क्षेत्रको संरक्षणका ला
गि पाथिभरा संरक्षण समिति कार्यरत छ भने कंचनजंघा कन्जरमेसन एरिया प्रोजेक्ट -प्-प्ब्ए) बाट समेत काम भैरहेको छ ।